कपिलवस्तुमा पोखरीमा डुबेर एक बालकको मृत्यु
वैखरी अनलाइन पकडी ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिकामा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
शुद्धोधन गाउपालिका वडा न : ३ का ९ बर्षिय दुर्गेश कलवारको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आज शव फेला परेको हो । उनी हिजो मंगलबार खेल्न भन्दै घरबाट हिडेका थिए ।
उनको शव फेला परेपछी गाउनै शोकमा डुबेको छ ।