गृहपृष्ठ Featured विपीनको पुरानो भिडिओबारे बहिनी पुष्पाले भनिन्- दादाको रिहाइका लागि दबाब

विपीनको पुरानो भिडिओबारे बहिनी पुष्पाले भनिन्- दादाको रिहाइका लागि दबाब

काठमाडौं ।

हमासको कब्जामा रहेका नेपालका विपीन जोशीको पुरानो भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अनेक टिप्पणी हुन थालेका छन् ।

सन् २०२३ नोभेम्बरको भिडिओ रिलिज किन गरेको भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा उठिरहेका छन् । यहिबीच विपीनकी बहिनी पुष्पा जोशीले भिडिओ सन्देश जारी गर्दै प्रष्टीकरण दिएकी छन् ।

भिडिओ सार्वजनिक गरेपछि कायरोमा जारी शान्तिवार्ता रहेकाहरुमाथि परिवार र होस्टेजको पीडा बुझेर अन्तिम निर्णयमा पुगुन् भन्ने कामना रहेको बताएकी छन् ।

भिडिओबारे पुष्पाले यस्तो भनिन्

भिडियो पुरानो भएपनि आज किन रिलिज गर्नुभयो भनेर धेरैलाई लागिराको होला । अहिले चैँ हामी यूएसए (अमेरिका) मा छौँ । अहिले कायरोमा नेगोसेसन टीमहरु युद्धविरामको लागि मिटिङ बसिराख्नु भएको छ । सायद मैले यो भिडिओ पब्लिक गरेपछि उनीहरूलाई अलि प्रेसर हुनसक्छ । उनीहरुले एउटा परिवारको पीडा बुजेर र होस्टेजको पीडा बुजेर अन्तिम निर्णय सम्म पुग्न सकुन् अनि मेरो दादालाई छिटोभन्दा छिटो रिलिज गरुन् । अरु ४८ होस्टेजहरुलाई छिटोभन्दा छिटो रिलिज गरुन् । उनीहरुलाई आफ्नो परिवारसँग फिर्ता ल्याइदिउन् भन्ने सोचले प्रेसर क्रेट होस् भन्ने सोचेर भिडिओ सार्वजनिक गरिएको हो । म विश्वस्त छु कि उ त्यहाँ ठिक छ र म विश्वस्त छु कि छिट्टै मैले दादालाई देख्नेछु । उसको हात समाउन पाउने छु ।

सम्बन्धित् समाचार