गृहपृष्ठ Featured ‘भ्वाइस अफ नेपाल’ मा फर्किए प्रमोद खरेल : शुक्रबारदेखि प्रसारण सुरू हुने

‘भ्वाइस अफ नेपाल’ मा फर्किए प्रमोद खरेल : शुक्रबारदेखि प्रसारण सुरू हुने

सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आउँदो शुक्रबारदेखि सुरू हुने भएको छ। निर्माणटिमले एक प्रोमो सार्वजनिक गर्दैं कात्तिक १४ गतेदेखि सातौं सिजन प्रसारणमा आउने जानकारी दिएको हो।

सातौं सिजनबाट कोचमा गायक प्रमोद खरेलको फर्किएका छन्। प्रमोदसहित यस सिजनमा राजु लामा, मेलिना राई र खेम सेञ्चुरीलाई कोचमा देख्न पाइनेछ।

कात्तिक १४ देखि हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीमा शो प्रसारण हुनेछ।

सम्बन्धित् समाचार