गृहपृष्ठ Featured एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौं :  म्यानचेस्टर सिटी प्रिमियर लिग अन्तर्गतको खेलमा एस्टन भिल्लासँग स्तब्ध भएको छ।

गएराति सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो। एस्टन भिल्लाको जितमा खेलको १९औं मिनेटमा माटी काशले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि एस्टन भिल्लाको ९ खेलमा १५ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ।

त्यस्तै म्यानचेस्टर सिटीको ९ खेलमा १६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा झरेको छ।

सम्बन्धित् समाचार