तिहारपछि आइतबार तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार थप घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारभन्दा सुन तोलामा २ हजार रुपैयाँ घटेको हो।
यस्तै चाँदीको मूल्य पनि थप घटेको छ।
आज चाँदीको मूल्य प्रतितोला ३५ ले घटेर २ हजार ९८० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९०० र चाँदी ३ हजार १५ मा किनबेच भएको थियो।
तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला रु २ लाख ५३ हजार ५०० र चाँदी ३ हजार २८० रुपैयाँमा कारोबार कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।









