गृहपृष्ठ खबर काभा कप पुरुष भलिबलमा नेपालको चौथो हार, श्रीलङ्कासँग सोझो सेटमा पराजित

काभा कप पुरुष भलिबलमा नेपालको चौथो हार, श्रीलङ्कासँग सोझो सेटमा पराजित

तस्वीर : काभा

काठमाण्डाै – बङ्गलादेशमा चलिरहेको काभा कप पुरुष भलिबलमा नेपालले चौथो हार बेहोरेको छ ।

ढाकाको शहीद सुह्रवर्दी इन्डोर स्टेडियममा आज भएको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भयो । श्रीलङ्काले नेपाललाई २५–१८, २५–१७ र २५–२० ले हरायो ।

यसअघि नेपालले तुर्कमेनिस्तान र बङ्गलादेशसँग हार बेहोरेको थियो । तेस्रो खेलमा भने नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो ।

योसँगै नेपाल पदकविहीन बनेको छ । अब नेपालले भोलि पाँचौं स्थानको प्लेअफमा माल्दिभ्ससँग खेल्नेछ ।

सम्बन्धित् समाचार