गृहपृष्ठ Featured नेपाली कांग्रेस फुट्छ भनेर कसैले धुप नबाले हुन्छ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेस फुट्छ भनेर कसैले धुप नबाले हुन्छ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै हालतमा पनि पार्टी विभाजन नहुने बताएका छन्। सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले पार्टीभित्र भइरहेको छलफललाई लिएर अनावश्यक हल्ला फैलाइएको भन्दै उनले पार्टी विग्रहमा नजाने बताएका हुन्।

‘नेपाली कांग्रेस पार्टी सहज छलफल गरेर निष्कर्षमा पुग्छ। नेपाली कांग्रेस पार्टी कसैले विग्रह होला भनेर कसैले सोचेको छ कसैले धुप बालेको छ भने विल्कुलै नसोचे हुन्छ,’ उनले भने, ‘मैले व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन। नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले नेपाली कांग्रेसका शुभचिन्तकलाई भन्छु- कांग्रेस एक ढिक्का रहन्छ। बद्लिएको परिस्थितिबमोजिम आफूलाई बदल्छ र समाजलाई बदल्ने गरी अगाडि जान्छ।’

उनले पार्टीभित्र भइरहेको छलफललाई लिएर नै विभाजनसम्मको विषय जोडेर चर्चा गरिएको बताए। ‘पार्टीभित्र ठूलो स्वर भयो, यो हुनुपर्छ त्यो हुनुपर्छ भन्ने भइरहेको छ यो त लोकतन्त्र हो नि, अनि नेपाली कांग्रेस हो नि। जहाँनिर सभापतिले ‘यास’भन्दा ‘यास’ भनेर गोडाफाट भन्दा ‘यास’ भन्दै उभिने होइननि त। यहाँ फरक मत आउँछन् फरक विचारहरू आउँछन्। एक भएर अघि बढ्छौँ।’

सम्बन्धित् समाचार