काठमाडौं ।
दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भने, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।”
उनले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताए । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उनले जानकारी दिए ।
त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ ।


 
 
 
				

 
				



 
																		 
																		