वैखरी अनलाईन, बाणगंगा ।
सशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–१ अनराटस्थित फुलचन्द्र यादवको घरमा छापा मार्दै अनुदानको १२४ बोरा डीएपी मल बरामद गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीका अनुसार विशेष सूचनाको आधारमा गरिएको छापामारीबाट उक्त मल बरामद गरिएको हो। बरामद गरिएको मल सरकारी अनुदानका लागि वितरण गर्न पठाइएको भएको र निजी घरमा लुकाइराखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
बरामद मललाई आवश्यक कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका एसपी केसीले जानकारी दिनुभयो।


 
 
 
				

 
				




 
																		 
																		