गृहपृष्ठ Featured लिभरपुलसँग रियल मड्रिड पराजित

लिभरपुलसँग रियल मड्रिड पराजित

काठमाडौं :  एलेक्सिस म्याक एलिस्टरले दोस्रो हाफमा गरेको एकमत्र गोल निर्णायक बन्दा लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा रियाल मड्रिडविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ।

जितसँगै चार खेलमा ९ अंक जोडेको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ। पहिलो पराजय बेहोरेको रियाल समान खेलबाट समान अंकका साथ पाँचौं स्थानमा छ।

मंगलबार एनफिल्डमा घरेलु टोली लिभरपुललाई जित दिलाउन एलिस्टरले ६१औं मिनेटमा गोल गरेका थिए। उनले डोमिनिक स्जोबोसज्लाइको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए।

 

सम्बन्धित् समाचार