नर्वे र पोर्चुगल फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ लागि छनोट भएका छन्। नर्वेले समूह ‘आई’ को महत्वपूर्ण खेलमा इटालीलाई ४-१ गोलले हराएर २८ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो।
पहिलो हाफमा १-० गोलले पछि परे पनि नर्वेले दोस्रो हाफमा चार गोल गरेको थियो। जसमध्ये दुई गोल अर्लिङ हालान्डले गरेका थिए।
जितपछि नर्वे समूह विजेता भयो भने इटालीले उपविजेता बनेर प्लेअफमा धकेलिएको छ।
यता पोर्चुगलले इस्टोनियालाई ९-१ गोलले हराएर विश्वकपमा स्थान पक्का गर्यो।
यससँगै युरोपबाट फिफा विश्वकप २०२६ मा पुग्ने टोलीको संख्या पाँच पुगेको छ। यसअघि इंग्ल्यान्ड, फ्रान्स र क्रोएसियाले पनि युरोपबाट विश्वकपमा स्थान बनाएका थिए।








