काठमाण्डाै – दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले पाकिस्तानलाई १० विकेटले हराएको छ ।
पाकिस्तानले दिएको १ सय ७१ रनको लक्ष्य नेपालले १३ ओभरमा १ विकेट पनि नगुमाई भेटायो । नेपालकी कप्तान बिनिता पुनले १ सय ७, मनकेशी चौधरीले ४३ रन बनाए ।
यसअघि श्रीलङ्काको कोलम्बोमा रहेको बीओआई मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । पाकिस्तानकी मेहरीन अलीले सबैभन्दा धेरै अविजित ७७ रन बनाइन् । नेपालकी सुस्मा तामाङले १ विकेट लिइन् । श्रीलङ्काका ६ जना खेलाडी रन आउट भए ।
नेपाली महिला टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । नेपालले यसअघि अमेरिका, अस्ट्रेलिया र श्रीलङ्कालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।








