गृहपृष्ठ Featured एनपिएल खेल्न नेपाल आईपुगे न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल

एनपिएल खेल्न नेपाल आईपुगे न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि नेपाल आएका मार्टिन गप्टिललाई विराटनगरका व्यवस्थापक विजयकुमार धितालले स्वागत गरेका थिए । उनी लगातार दोस्रो सिजन विराटनगर किंग्सबाट एनपिएल खेल्दै छन्।

गप्टिलसँग इन्डियन प्रिमियर, बिगबास, पाकिस्तान सुपर, मेजर क्रिकेट, इन्टरनेसनल  टी-२०, अबुधाबी टी-१०, क्यारेबियन प्रिमियर, द हन्ड्रेडजस्ता लिग खेलेको अनुभव छ ।

यस्तै, गप्टिलले १२२ टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई सतक र २० अर्धसतकसहित तीन हजार ५३१ रन प्रहार गरेका छन् ।

पुबुदु दासानायके प्रशिक्षक रहेको विराटनगरले विदेशी खेलाडीका रूपमा गप्टिलसँगै दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङसँगै र फाफ डुप्लेसिस, अस्ट्रेलियाका साम हिजलेट, अमेरिकाका सुभम रन्जाने तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।

टोलीको मार्कीमा सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । यसैगरी, टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको थियो ।  एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म हुँदै छ ।

सम्बन्धित् समाचार