गृहपृष्ठ Featured दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी

काठमाडौं । बलिङ र ब्याटिङ दुवैतर्फ कप्तान दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ४५ रनको जित निकालेको छ । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो । योसँगै कर्णाली प्रतियोगिताको दोस्रो संस्करणमा सबैभन्दा सस्तैमा समेटिने टिमसमेत बन्यो ।

सम्बन्धित् समाचार