भारतले बुधबार बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि गरिएको अनुरोधमा जवाफ दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साप्ताहिक प्रेस ब्रिफिङमा भने, ‘हो, हामीले अनुरोध प्राप्त गरेका छौँ। यसबारे विचार भइरहेको छ।’
उनले भारत चलिरहेको न्यायिक र आन्तरिक कानुनी प्रक्रियाका आधारमा बंगलादेशका जनताको सर्वोत्तम हित सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धको अपराधका लागि शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
यस मुद्दाको सुनुवाइ हसिनाको अनुपस्थितिमा भएको थियो। किनकि उनी बंगलादेश छाडेदेखि भारतमा छिन्।
बंगलादेशको अन्तरिम सरकारले भारतलाई शेख हसिनालाई सुपुर्दगी गर्न अनुरोध गरेको छ।








