गृहपृष्ठ Featured कुलमान भन्छन्- आजको दिनसम्म म कुनै पार्टीको सदस्य छैन

कुलमान भन्छन्- आजको दिनसम्म म कुनै पार्टीको सदस्य छैन

२२ पुस, काठमाडौं ।

ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नरहेको दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदका लागि सहमति (सम्झौता) गरेका घिसिङले कुनै पनि दलको सदस्य नभएको दाबी गरेका हुन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उनले दलमा आबद्ध नभएको बताए ।

प्रश्नकर्ताले सोधेका थिए – तपाईं नागरिकको जगमा बनेको सरकारको मन्त्री हो कि रास्वपाको मन्त्री हो ?

त्यसपछि प्रतिक्रिया दिएका घिसिङले भने, ‘म कुनै पनि पार्टीको सदस्य छैन ।’

पुस १४ गते सोमबार राति रास्वपा र घिसिङ संरक्षक रहेको ऊज्यालो नेपाल पार्टीबीच एकता सहमति भएको थियो । घिसिङ र रास्वपाबीच भएको सातबुँदे सहमतिमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ साक्षी बसेका थिए ।

कुलमानलाई पहिलो वरियताको उपसभापति बनाउने गरी रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएको हो।

सम्बन्धित् समाचार