नटिङ्घम फरेस्टले इङ्ग्लिस प्रिमियर लिगमा मंगलबार वेस्ट ह्याम युनाइटेडविरुद्व २–१ काे राेमाञ्चक पुनरागमन जित दर्ता गरेकाे छ ।
लन्डज रंगशालामा पाहुना टाेली नटिङ्घमलाई जित दिलाउन निकाेलस डोमिनगेज र माेर्गन गिब्स ह्वाइटले एक–एक गाेल गरे । वेस्ट ह्यामका लागि एक गाेल आत्मधाती उपहारस्वरूप प्राप्त भयाे ।
खेलकाे १३औँ मिनेटमा मुरिलाेबाट आत्मघाती गाेल हुन पुग्दा वेस्ट ह्यामले अग्रता लिएकाे थियाे । ५५औँ मिनेटमा डाेमिनगेजले नटिङ्घमका लागि बराबरी गाेल फर्काए ।
निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा ह्वाइटले पेनाल्टीमार्फत गाेल गर्दै नटिङ्घमलाई राेमाञ्चक पुनरागमन जित दिलाए ।
जितसँगै २१ खेलमा २१ अंक जाेडेकाे नटिङ्घम १७औँ स्थानमा छ । पराजित वेस्ट ह्याम समान खेलबाट १४ अंकका साथ १८औं स्थानमा छ ।







