नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले काठमाडौँमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको प्रशंसा गरेका छन्।
संस्थापक्ष पक्षको असहमतिका बाबजुद कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि कांग्रेसको दोस्रो विशेष महाधिवेशन भइरहेको हो। जहाँ बहुमत प्रतिनिधि सहभागी भइरहेका छन्।
यो देखेर एमाले उपमहासचिव भट्टराईले खासगरी कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मालाई सलाम गरेका हुन्।
आफूहरूले पनि पार्टीमा बोलेको र केही गरेको तर उनीहरूले धेरै गरेको टिप्पणी भट्टराईले गरेका छन्।
‘हामीले बोल्यौँ, केही गर्यौँ’, भट्टराईले आइतबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंहरूले बोल्नुभयो, हामीभन्दा धेरै गर्नुभयो, सलाम मित्रहरू!’







