मुस्ताङ – मुस्ताङको कोरला नाकाबाट २ करोड २४ लाख रुपैयाँ बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले हिजो बुलेकी ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का पेमा लामालाई नियन्त्रणमा लिइएको छ ।
यसअघि गएको वर्ष ६ करोड ८१ लाख रुपैयाँ बराबरका भेप बरामद भएका थिए ।







