गृहपृष्ठ Featured पार्टी विभाजन रोक्न महामन्त्रीद्वय र सभापति देउबाबीच छलफल जारी

पार्टी विभाजन रोक्न महामन्त्रीद्वय र सभापति देउबाबीच छलफल जारी

काठमाडौँ- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद उत्कर्षमा पुगेका बेला सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच महाराजगन्जस्थित देउवा निवासमा छलफल भइरहेको छ।

विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन लागेपछि पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन र सहमतिको बाटो पहिल्याउन यो भेटवार्ता भएको बुझिएको छ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्वको निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी भइरहँदा देउवा निवासको यो वार्तालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

संस्थापन पक्षले विधानविपरीतको कदम नचाल्न चेतावनी दिँदै आएको छ भने महामन्त्री पक्षले बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित अगाडि बढ्ने अडान राखेको छ।

नेपाली कांग्रेसका धेरै नेताहरूले पार्टी विभाजन हुन नदिन दुवै पक्षलाई संवादबाटै निकास निकाल्न दबाब दिइरहेका छन्।

महाराजगन्जको वार्ता सकारात्मक भएमा विशेष महाधिवेशनको स्वरूप र पार्टीको आगामी कार्यदिशामा ठुलो फेरबदल आउन सक्ने देखिन्छ।

सम्बन्धित् समाचार