काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् ।
निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिले नै बनाउनुपर्ने बताए ।
उनले भने, ‘सिङ्गो केन्द्रीय समिति यहीँ छ, केही चोइटिएर जानुभएको होला । विधानमा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउन अधिकार नै छैन ।’
उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा आफूहरूले प्रमाणको लागि लिएर आएको समेत दाबी गरे ।







