गृहपृष्ठ Featured निर्वाचन आयोगको देउवा पक्षलाई जवाफ-‘विधि र प्रक्रियाबाहिर गएर कुनै निर्णय गर्दैनौँ’

निर्वाचन आयोगको देउवा पक्षलाई जवाफ-‘विधि र प्रक्रियाबाहिर गएर कुनै निर्णय गर्दैनौँ’

काठमाडौँ- कांग्रेसको आधिकारिकता दाबी गर्न पुगेको शेरबहादुर देउवा पक्षलाई निर्वाचन आयोगले संविधान, ऐन र कानुनको दायराभित्र रहेर मात्र विश्लेषण र निर्णय गर्ने जनाएको छ।

आज निर्वाचन आयोगमा कागजात बुझाउन पुगेको कार्यवहाक सभापति पूर्णबहादुर खड्काको टोलीलाई आयोगले यस्तो जवाफ दिएको हो।

‘निर्वाचन आयोगले विधि र प्रक्रियाबाहिर गएर कुनै निर्णय गर्दैन। निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ,’ कांग्रेस प्रतिनिधिहरूसँगको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने।

सम्बन्धित् समाचार