गृहपृष्ठ Featured अफगानिस्तानमा भीषण हिमपात र वर्षा, ३ दिनमा ६१ जनाको मृत्यु

अफगानिस्तानमा भीषण हिमपात र वर्षा, ३ दिनमा ६१ जनाको मृत्यु

अफगानिस्तानको विपद् व्यवस्थापन एजेन्सीले तीन दिनमा देशका धेरै भागमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको शनिबार जनाएको छ।

हिमपात र हिमपहिरोका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएको र ४०० भन्दा बढी घर ध्वस्त भएका छन्। यो संख्या बढ्न सक्ने अनुमान गरिएको एजेन्सीले जनाएको छ।

 

भारी हिमपातका कारण काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने हिन्दुकुशमाथिको मुख्य राजमार्गसहित सडकहरू बन्द भएका छन्।

हिमपातका कारण बामियान, परवान, बल्ख र मैदान वर्दकलगायत अफगानिस्तानका धेरै प्रान्तको जनजीवन कष्टकर बनेको छ।

सम्बन्धित् समाचार