किरणमान बज्राचार्य
वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर भन्सारमा चालु आर्थिक बर्ष २०८२÷८३ को ६ महिनामा २ अर्ब ५१ करोड लाख ५९ लाख ५८ हजार राजस्व संकलन भएको छ । कृष्णनगर देशकै प्रमुख १० भन्सार पर्ने गर्छ । चालु आर्थिक बर्षको साउन देखि पुस मसान्त सम्म सो राजस्व संकलन भएको हो । ६ महिनाको लक्ष्यको ८६ दशमलव १८ प्रतिशत राजस्व असुली भएको भन्सारका प्रबक्ता मंकेश कुमार कर्णले बताए । भन्सारलाई ६ महिनाकोलागि २ अर्व ९१ करोड ९६ लाख ३१ हजार लक्ष्य तोकिएको थियो ।
बार्षिक लक्ष्यको भने ४२ दशमलव ८८ प्रशित मात्र असुली भएको छ । भन्सारलाई ५ अर्व ८६ करोड ४८ लाख ९ हजार बार्षिक लक्ष्य तोकिएको छ । ६ मध्ये क्ुनै महिनामा पनि भन्सारमा लक्ष्य अनुसार राजस्व उठन सकेन । अघिल्लो आर्थिक बर्षको यही ६ महिनाको अवधिमा २ अर्व ३५ करोड २१ लाख मात्र राजस्व संकलन भएको थियो ।
जुन ६ महिनाको लक्ष्यको ९० प्रतिशत र बार्षिक लक्ष्यको ४४ प्रशितको थियो । पुसमा ४७ करोड ७५ लाख लक्ष्य दिइएकोमा ४३ करोड ४४ लाख संकलन भएको छ । मंसिरमा ४६ करोड ३९ लाख लाख लक्ष्य दिइएकोमा ४२ करोड ६४ लाख मात्र संकलन भएको थियो । यस्तै कार्तिकमा ५० करोड लक्ष्य दिइएकोमा ४१ करोड ७१ लाख, असोजमा ४९ करोड ४१ लाख लक्ष्य दिइएकोमा ४१ करोड १९ लाख मात्र संकलन भएको थियो । भदौमा ४९ करोड ९९ लाख लक्ष्य दिइएकोमा ४२ करोड ६० लाख र साउनमा ४८ करोड ३९ लाख लक्ष्य दिइएकोमा ३९ करोड ९९ लाख मात्र राजस्व जम्मा भएको थियो ।
भन्सार नाकाबाट सुद्ध फलाम कोईला, चामल फलफुल , खरानी, , आइरन डस्ट आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार कर्मचारीहरु बताउछन । यस्तै कोइला, जिरा चामल र कनिका, फलफूल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजस्व संकलन हुने गरेको छ । यस्तै सिमेन्ट, प्लाईउड, एसेन्सीयल आयल, खोटो रोजीन, सिमेन्ट क्लिङकर तारपीन तेल, छड डन्डी अर्ध तयारी, पिना अन्य, बानस्पतियबाट बुनिएका पदार्थहरु र भेनियर सिट पैठारी गरी भन्सार उठेको हो । भन्सार प्रमुख फणिन्द्र खतिवडाले अहिलेको स्थिति अनुसार भन्सारमा ठीकै राजस्व बढी उठेको बताए ।
बिगत बर्षहरुको तुलनामा आर्थिक गतिबिधिहरुमा कमी भएकाले त्यसको असर भन्सार असुलीमा पनि परेको बताए । कोरोनाको असर अहिले देखिएकोले यस्तो अवस्था आएको उनले बताए । ‘ आर्थिक मन्दीले गर्दा ब्यापारीहरुले बिगतको तुलनामा कम मात्र सामान आयात गरेका छन ’ उनले भने । कृष्णनगर मात्र होईन देशका कुनै पनि भन्सार नाकामा चालु आर्थिक बर्षमा लक्ष्य अनुसार भन्सार राजस्व उनठ नसकेको उनले बताए ।









