अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन) ले अक्टोबरमा घोषणा गरिएको पुनर्संरचनाअन्तर्गत भन्दै विश्वव्यापी रूपमा १६ हजार रोजगारी कटौती गर्ने बुधबार बताएको छ।
यस पहिले नै १४ हजार पद कटौती गर्ने योजना सार्वजनिक गरेको विशाल ई-कमर्स कम्पनी अमेजनले थप १६ हजार पदलाई समायोजन गर्ने बताएको हो।
वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले एक विज्ञप्ति जारी गरी पद समायोजनसम्बन्धी आगामी योजनाबारे जानकारी गरएका हुन्।
उनले भनेका छन्, ‘रोजगारी कटौतीको उद्देश्य तह घटाउने, स्वामित्व बढाउने र कर्मचारीतन्त्र हटाउने हो।’
अक्टोबरका मिडिया रिपोर्टहरूले गरेको प्रक्षेपणअनुसार करिब ३० हजार रोजगार कटौती अमेजनको तीन लाख ५० हजार प्रत्यक्ष रूपमा यसका कार्यालयमा काम गर्ने रोजगारीको १० प्रतिशतभन्दा बढी हो।
योजनाले वितरण र गोदाम कामदारहरूलाई प्रभावित नगरी कार्यालयमा काम गर्ने जनशक्ति कम गर्नेछ।
यो क्षेत्रमा रहेको करिब १५ लाख कर्मचारीहरूलाई भने यो योजनाले कुनै प्रभाव पार्ने छैन।
कम्पनीले जनशक्ति कटौतीसम्बन्धी मिडिया रिपोर्टहरूमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
अमेजनको जनशक्ति कटौती कृत्रिम बुद्धिमत्ता (एएआई) मा बढ्दो लगानीको बिच गर्न लागिएको हो।
अमेजनले बुधबार भर्खरको रोजगारी कटौतीको कुनै पुष्टि गरेन।
कम्पनीले आफ्नो पूर्ण वर्ष सन् २०२५ को योजनाबारे पत्रकार सम्मेलन गरी फेब्रुअरी ६ मा जानकारी गराउनेछ।








