गृहपृष्ठ Featured बालेन सहभागी कार्यक्रममा सुनका गहना लुटपाट, एक जना पक्राउ

बालेन सहभागी कार्यक्रममा सुनका गहना लुटपाट, एक जना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी थुप्रै कार्यक्रममा लुटपाट भएको छ ।

कञ्चनपुर र अछाममा शाह हेर्न पुगेको भिडमा लुटपाट भएको हो ।

यस्तै, अछाममा सुनको गहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले साँफेबगर नगपालिका– ५ नौँठाना बस्ने ४० वर्षीया सत्यदेवी कुँवरले लगाएको १२.१७ ग्रामको सुनको सिक्री चोरी गर्ने क्रममा पर्साको पकाहा मैनपुर गाउँपालिका– ५ बस्ने ३१ वर्षीय उमेश रायलाई पक्राउ गरिएको हो ।

‘साँफेबगर नगरपालिका– ४ छिपेखोलास्थित रास्वपाको पार्टी कार्यालयनजिक सोही पार्टीका नेता बालेनको चुनावी भेटघाट कार्यक्रममा भिडभाड थियो,’ डीएसपी खनालले भने, ‘सोही क्रममा सिक्री चोरी गर्ने रायलाई पक्राउ गरिएको छ ।’

डीएसपी खनालले उक्त कार्यक्रममा अन्य व्यक्तिको पनि सुनको गहना चोरी भएको र खोजतलास भइरहेको बताए । साँफेबगरको कार्यक्रममा सात जना महिलाको सुनको गहना लुटिएको बताइएको छ ।

कञ्चनपुरमा पनि केही व्यक्तिले लगाएको सिक्री बालेन हेर्ने भिडबाट गायब पारिएको छ । कञ्चनपुरको झलारीमा धनगढी– २ का मनोज चौधरी र ३ का सञ्जीव मल्ल सिक्री लुटिएको हो ।

सम्बन्धित् समाचार