गृहपृष्ठ खबर नेपाल टेलिकमले माग्यो उप-प्रबन्धकदेखि सहायकसम्म ८० जना कर्मचारी (सूचनासहित)

नेपाल टेलिकमले माग्यो उप-प्रबन्धकदेखि सहायकसम्म ८० जना कर्मचारी (सूचनासहित)

नेपाल टेलिकममा रोजगारीको अवसर खुलेको छ।

टेलिकमले शुक्रबार जारी गरेको सूचनाअनुसार तेस्रो तहदेखि नवौं तहसम्म कर्मचारी माग गरेको हो।

टेलिकमले उप प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रसासकिय अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो।

परीक्षा दस्तुर ८ र ९ तहका लागि आठ सय ६ र ७ तहको लागि सात सय ४ र ५ तहको लागि पाँच सय र ३ तहको लागि तीन सय रूपैयाँ लाग्नेछ। समावेशी समूह ६, ७, ८ र ९ तहका लागि दुई सय र ३, ४ र ५ तहका लागि एक सय रूपैयाँ लाग्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

Nepal-Telecom-job-1769756263.png
 

सम्बन्धित् समाचार