काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा ५ मा एमाले अध्यक्ष केपी ओलीले जित्ने दाबी गरेका छन्।
प्रेस चौतारी नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै सामाजिक सञ्जालमा केही भ्रम फैलाइएको भएपनि सुरक्षित अवस्थामा रहेको जिकिर गरे।
उनले भने, ‘झापाका जनताले पपुलिजम र एनार्किजममा परेर नतिजा नै तलमाथि गर्छन् भन्ने मान्यता पार्टीको छैन। सामाजिक सञ्जालमा हुने हल्लाखल्लाले सामान्य प्रभाव पारेको छ। तर हामी सुरक्षित अवस्थामा छौँ, कुनै जोखिमको अवस्था छैन भन्ने हामीले विश्लेषण गरेका छौँ।’
यस्तै, दाङमा आफूले जित्ने दाबी गरे। अघिल्लो निर्वाचनमा गठबन्धनको कारणले थोरै मतले हारेको भन्दै यस पटक जिते दाबी गरे।








