गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिकाले अरब सागरमा खसाल्यो इरानी ड्रोन

अमेरिकाले अरब सागरमा खसाल्यो इरानी ड्रोन

अमेरिकाले मंगलबार अरब सागरमा एउटा इरानी ड्रोन खसालेको छ।

रोयटर्सका अनुसार, इरानको साहेद-१३९ नामको ड्रोन अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजको नजिक पुगेको थियो।

यूएसएस अब्राहम लिंकन अमेरिकी नौसेनाको आणविक शक्तिले चल्ने विमानवाहक जहाज हो। यसलाई विश्वको सबैभन्दा ठुलो र शक्तिशाली युद्धपोतमध्ये एक मानिन्छ।

अमेरिकी केन्द्रीय कमान्डले जारी गरेको विज्ञप्तिअनुसार, अमेरिकी नौसेनाले आत्मरक्षामा एफ-३५सी लडाकु जेटका साथ इरानी ड्रोन खसालेको हो।

अमेरिकी केन्द्रीय कमान्डले यसलाई इरानको ‘आक्रामक’ व्यवहार भनेको छ। ड्रोन केका लागि तैनाथ गरिएको थियो भन्ने कुरा स्पष्ट भइसकेको छैन।

यस घटनाका विषयमा इरानबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

यद्यपि अमेरिकासँग मनमुटावका कारण इरानले जनवरी ३० मा जमिन र समुद्रबाट आक्रमण गर्न सक्षम १००० ड्रोन तयार पारिएको बताएको थियो।

सम्बन्धित् समाचार