महोत्तरीमा खेत जोतिरहेको ट्र्याक्टरमा परेर दुई जना बालिकाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा मटिहानी नगरपालिका ४ मझौराका ईमराईनको छोरी ७ वर्षीया फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनको छोरी ८ वर्षीया रफिया खातुन रहेका छन् । दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार फरार रहेका ट्र्याक्टर चालकको खोजीसँगै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








