गृहपृष्ठ Featured बंगलादेश : विद्यार्थी विद्रोहबाट बनेको पार्टीले जम्मा ५ सिट जित्यो

बंगलादेश : विद्यार्थी विद्रोहबाट बनेको पार्टीले जम्मा ५ सिट जित्यो

शेख हसिनाको १५ वर्षे शासन अन्त्य गराउने गरी आन्दोलन गरेका विद्यार्थीहरूद्वारा गठित राजनीतिक दल नेसनल सिटिजन पार्टी (एनसीपी) ले चुनावमा निराशाजनक परिणाम प्राप्त गरेको छ।

बिहीबार भएको संसदीय निर्वाचनमा ३० सिटमा उम्मेदवार उठाएको एनसीपीले जम्मा ५ सिट मात्र जितेको हो।

विद्रोही विद्यार्थीको नेतृत्वमा रहेको एनसीपीले चुनावमा जमात-ए-इस्लामीसँग गठबन्धन गरेको थियो।

त्यही नै यसको असफलताको प्रमुख कारण रहेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

विद्यार्थी आन्दोलन मुख्यतया समावेशी र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित थियो, तर कट्टरपन्थी जमातसँगको गठबन्धनले पार्टीका मध्यम मतदाताहरूलाई अलग्यायो र उनीहरूलाई खालिदा जियाको बीएनपीमा सार्‍यो।

हारपछि एनसीपीले चुनावमा धाँधली भएको आरोप लगाइरहेको छ।

पार्टी प्रवक्ता आसिफ महमुद सोजिब भुइयानले अबेर राति पत्रकार सम्मेलन गरेर ढाका-१३, १५, १६ र १७ जस्ता सिटको नतिजामा धाँधली गरिएको आरोप लगाए।

सम्बन्धित् समाचार