गृहपृष्ठ कपिलवस्तु बिशेष मैले एक रुपैया भष्ट्राचार गरेको छैन, सुशासन र बिकास मेरो पहिलो मुद्धा ः अतहर कमाल

मैले एक रुपैया भष्ट्राचार गरेको छैन, सुशासन र बिकास मेरो पहिलो मुद्धा ः अतहर कमाल

वैखरी अनलाइन, कपिलवस्तु

कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस का उम्मेदवार अतहर कमाल मुसलमानले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कपिलवस्तुको बासखोरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार कमालले सुशासन र विकासलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताए। “मैले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन, आगामी दिनमा पनि गर्दिनँ,” उनले भने, “जनताको विश्वास जितेर पारदर्शी र उत्तरदायी नेतृत्व दिने मेरो लक्ष्य हो।”

उनले क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा युवालाई रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। जनताको चाहना र आवश्यकताअनुसार योजनाबद्ध ढंगले अघि बढ्ने उनको भनाइ थियो।

कार्यक्रममा स्थानीय कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको नेपाल बिद्यार्थी सघंका सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिए ।

सम्बन्धित् समाचार