गृहपृष्ठ Featured दाउन्ने सडकमा पल्टियो तेल बोकेको ट्रक

दाउन्ने सडकमा पल्टियो तेल बोकेको ट्रक

पश्चिम नवलपरासीको दाउन्ने सडकमा तेल बोकेको ट्रक दुर्घटनामा परेको छ।

आइतबार साँझ पौने ६ बजेतिर खाने तेल बोकेको ट्रक सडकमा पल्टिएको इलाका  ट्राफिक प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।

बर्दघाट नगरपालिका-४ स्थित एस रोडमा ना ६ प ६५७५ नम्बरको ट्रक सडकमा पल्टिँदा तेल बाटोमा पोखिएको छ।

कार्यालयका अनुसार तेल सडकमा पोखिँदा सडकमा जाम समेत भएको छ। जाम खुलाउने प्रयास भइरहेको छ।

सम्बन्धित् समाचार