गृहपृष्ठ Featured रवि लामिछाने भोलि सोमबार रुपन्देहीका ५ क्षेत्रमा घुम्ने

रवि लामिछाने भोलि सोमबार रुपन्देहीका ५ क्षेत्रमा घुम्ने

रुपन्देही ।

रास्वपा सभापति रवि लामिछाने सोमबार दिनभर रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा घुम्ने गरी कार्यक्रम बनाएका छन् ।

उनको सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यक्रमअनुसार बिहानदेखि साँझसम्मको सेडुअलमा उनले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुगेर सम्बोधन गर्ने भएका छन् ।

बिहान ८ बजे क्षेत्र नं. १ को खैरेनीबाट उनी रुपन्देही आउने छन् र क्षेत्र नं. १ मा महामन्त्री सुनिल लम्साल उम्मेदवार रहेका छन् । क्षेत्र नं. १ का विभिन्न वडा हुँदै ११ बजे क्षेत्र नं. ३ को भैरहवा पुग्ने कार्यक्रम तय भएको छ ।

१ बजे क्षेत्र नं. ४ को कोटहीमाई मर्चवार क्षेत्रमा, २ बजे क्षेत्र नं. ५ को पर्सहवामा, सवा ३ बजे बुटवल हुँदै नयाँगाउँ, सालझण्डी हुँदै सवा ६ बजे बुद्धजन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम तय भएको उनका निजी सचिव अविनाश आचार्यले जनाएका छन् ।

रुपन्देहीको क्षेत्र नं. १ मा रास्वपाबाट महामन्त्री लम्साल उम्मेदवार छन् भने २ मा अभिवक्ता सुलभ खरेल, ३ मा डा. लेखजंग थापा, ४ मा कन्यैया बनिया, ५ मा तौफिफ अहमद खान उम्मेदवार रहेका छन् ।

रास्वपा अध्यक्ष डा. बुद्धि शर्माले सभापति लामिछाने दिनभरको समय रुपन्देहीमा भए पनि धेरै ठाउँमा सम्बोधनको कार्यक्रम नहुने र केही केही स्थानमा हुनसक्ने बताउँछन् । ‘समय थोरै छ, सबै स्थानमा सम्बोधनको समय पनि पुग्दैन, तर सबै निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ’ उनले भने ।

लामिछाने आइतबार राती रुपन्देही आउने र सोमबार राती कपिलवस्तु बस्न जाने कार्यक्रम तय भएको छ ।

सम्बन्धित् समाचार