गृहपृष्ठ Featured टी-२० विश्वकपः भारत सुपर ८ मा प्रवेश

टी-२० विश्वकपः भारत सुपर ८ मा प्रवेश

चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ।

आइतबारको अन्तिम खेलमा पाकिस्तानलाई ६१ रनले पराजित गर्दै भारत एक खेल अगावै विश्वकपको सुपर ८ मा पुगेको हो।

जारी विश्वकपमा सुपर ८ मा पुग्ने भारत दोस्रो टोली हो।

यसअघि आइतबार दिउँसो भएको खेलमा नेपाललाई ९ विकेटले हराउँदै वेस्ट इन्डिज पनि एक खेल अगावै सुपर ८ मा पुगेको थियो।

समूह ए मा रहेको भारत लगातार तेस्रो जित दर्ता गर्दै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको हो। समान खेलबाट २ जित र १ हार भोगेको पाकिस्तान ४ अंकसहित तालिकाको तेस्रो स्थानमा झरेको छ।

समूह चरणका चारै खेल खेलिसकेको अमेरिका दुई खेलमा जित र २ खेलमा हार भोग्दै ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

पाकिस्तान र अमेरिकाको समान ४ अंक भएपनि अमेरिका नेट रनरेटमा अघि रहँदै दोस्रो स्थानमा उक्लेको हो।

३ खेलमध्य एक खेलमा जित र २ खेलमा हार भोगेको नेदरल्यान्ड्स २ अंकसहित तालिकाको चौथो स्थानमा छ।

समूह चरणमा खेलेका तिनै खेलमा हार भोगेको नामिबिया अंक विहिनरुपमा पुछारमा छ। यो समूहबाट नामिबिया पनि विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

आइतबारै भएको खेलमा नामिबिया अमेरिकासँग ३१ रनले पराजित भएको थियो।

भारतले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान २ ओभर अगावै १ सय १४ रनमा अलआउट भयो।

पाकिस्तानका लागि उस्मान खान ४४ रन बनाउँदा अक्षर पटेलको बलमा आउट भए। उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। सहिन शा अफ्रिदी २३ रनमा अविजित रहे।

सदाव खान १४ रन बनाउँदा क्याच आउट नै भए। ओपनर साहिबजादा फरहान शुन्य रनमा नै हार्दिक पाड्याको बलमा क्याच आउट भए। अर्का ओपनर सैम अयुब ६ रनमा जसप्रित बुमराहको बलमा एलबीडब्लु धरापमा परे।

कप्तान सलमान आघा ४ रन बनाउँदा जसप्रित कै बलमा हार्दिक पाण्ड्याको हातबाट क्याच आउट नै भए। मोहम्मद नवाज ४ रनमा नै आउट भए। अर्का ब्याटर बाबर अजाम ५ रनमा अक्षर पटेलको बलमा आउट भए।

पाकिस्तानलाई कम स्कोरमा रोक्न भारतका लागि हार्दिक पाण्ड्या, जसप्रित बुमराह र अक्षर पटेल र वरुण चक्रवतीले समान २ विकेट लिए। कुलदिप यादव र तिलक बर्माले समान एक् विकेट आफ्नो नाममा गरे।

त्यसअघि श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्ष्ँतिमा १ सय ७५ रनको योगफल तयार पारेको थियो।

भारतका लागि ओपनर इसान किसानले सर्वाधिक ७७ रनको योगदान दिए। उनले ४० बलमा १० चौका र ३ छक्का प्रहार गर्दा सैम अयुबको बलमा बोल्ड आउट हुन पुगे।

कप्तान सूर्य कुमार यादव २९ बलमा ३ चौका सहयोगमा ३२ रन बनाउँदा उस्मान तारिकको बलमा सैम अयुबको हातबाट क्याच आउट भए।

शिवम दुबे २७ रनमा रनआउट भए। तिलक बर्मा २५ रन बनाउँदा सैम अयुवको बलमा एलबीडब्लु धरापमा परे।

रिंकु सिंह ११ रनमा अविजित रहे। अविशेक बर्मा, हार्दिक पाण्ड्या र अक्षर पटेल शुन्य रनमा पेभेलियन फर्के।

पाकिस्तानका लागि सैम अयुबले ३ विकेट लिए। सलमान अघा, सहिम शा अफ्रिदी र उस्मान तारिकले समान एक विकेट आफ्नो नाममा गरे।

 

सम्बन्धित् समाचार