गृहपृष्ठ Featured एट्लेटिको मड्रिड अन्तिम-१६ मा प्रवेश

एट्लेटिको मड्रिड अन्तिम-१६ मा प्रवेश

अलेक्जेन्डर सोर्लोथको उत्कृष्ट प्रदर्शनमा बेल्जियमको क्लब ब्रुजविरुद्ध समग्रमा ७–४ को जित निकाल्दै स्पेनिस क्लब एट्लेटिको मड्रिड युइएफए च्याम्पियन्स लिगको अन्तिमा १६ मा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न प्ले अफको दोस्रो लेगमा एट्लेटिको ४–१ ले विजयी भयो । पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो ।

मेट्रोपोलिटानो रंगशालामा घरेलु टोली एट्लेटिकोलाई जित दिलाउन सोर्लोथले ह्याट्रिक गर्दा जोनी कार्डोसोले १ गोल थपे । ब्रुजका लागि जोएल ओर्डोनेजले १ गोल फर्काए ।

खेलको २३औँ मिनेटमा सोर्लोथको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । ३६औँ मिनेटमा ओर्डोनेजले ब्रुजलाई बराबरीमा ल्याए ।

कार्डोसोले ४८औँ मिनेटमा गोल गर्दा एट्लेटिको २–१ ले अगाडि बढ्यो । सोर्लोथले ७६ र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यसैगरी, न्युक्यासल युनाइटेड, बायर लेभरकुसन र एफके बोडो–ग्लिमटले पनि अन्तिम १६ को यात्रा तय गरेका छन् ।

सम्बन्धित् समाचार