गृहपृष्ठ अन्तरास्ट्रिय खबर इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने विश्वका पहिलो नेता बने मोदी

इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने विश्वका पहिलो नेता बने मोदी

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा एक सय मिलियन अर्थात १० करोड फलोअर्स पार गरेका छन् ।

मोदी सामाजिक सञ्जाल इन्स्टामा यो रेकर्ड पार गर्ने विश्वको पहिलो राजनेता बनेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मोदीले सन् २०१४ मा इन्स्टाग्राम अकाउन्ट खोलेका थिए ।

पछिल्लो एक दशमा उनको अकाउन्ट विश्वका नेताहरुबीच सबैभन्दा बढी सक्रिय र लोकप्रिय बनेको छ ।

प्रमुख वैश्विक नेताहरुमा अब मोदीको इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स बनेका छन् । यस प्लेटफर्ममा मोदीका फलोअर्स अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा दुई गुणा बढी छन्

सम्बन्धित् समाचार