नेपालमा गत भदाैमा भएको जेन–जी आन्दोलनबारे बीबीसीले प्रसारण गरेको भिडियो रिपोर्ट हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र काटेको छ ।
बिहीबार बीबीसीले ४२ मिनेट लामो भिडियो प्रसारण गरेको थियो ।
उक्त भिडियो निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै हटाउनका लागि काउन्सिललाई आग्रह गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।










