गृहपृष्ठ Featured चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ। बिहानीपख कोशी, बागमती प्रदेशमा एक दुई स्थानमा छिटपुट वर्षा पनि भएको छ।

शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ पूर्वानुमान छ।

तराई भू-भागमा दिउँसोमा भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका  पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने पूर्वानुमान छ।

देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित् समाचार