गृहपृष्ठ Featured मगर दिवसमा पाल्पाका १० वटै स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

मगर दिवसमा पाल्पाका १० वटै स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

पाल्पा — ४४ औं मगर एकता दिवसका अवसरमा पाल्पाका दुई नगरपालिकासहित आठ गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।

मगर समुदायले फागुन १५ गतेलाई मगर एकता दिवस तथा उत्सवको रुपमा मनाउने भएकाले स्थानीय सार्वजनिक बिदा दिइएको हो । राष्ट्रिय मगर एकता दिवसको अवसरमा एक दिन दुई नगरपालिका र आठ गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु,  शिक्षण संस्था, स्वस्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

एकता दिवसको अवसरमा सबै नगरपालिकाका विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शनसहितका कार्यक्रम गर्दै आएको छ । प्रायः सबै पालिकाले मगर दिवस मनाउन बजेटसमेत विनियोजन गर्दै आएका छन् ।

जिल्लाका तानसेन नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ, बगनासकाली, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, पूर्वखोला गाउँपालिकाले एक दिन स्थानीय सार्वजनिक बिदा दिएको जनाएका हुन् । दिवसको अवसरमा माथागढी–३, सराईमा मगर एकता दिवस तथा सांस्कृतिक महोत्सवको तयारी गरेको मगर युवा नेता राजन बलालले बताए । स्थानीय कला संस्कृतिको जगेर्ना, मगरी खाना, मगरी भेषभूषा आदिको प्रदर्शन हुने नेपाल मगर संघले जनाएको छ ।

सम्बन्धित् समाचार