काठमाडौँ : धादिङको चुनावीसभामा रास्वपाकी उम्मेदवार आशिका तामाङले सम्बोधनका क्रममा प्रयोग भएको ‘म भ्रष्टाचार गर्न आएको हुँ’ भन्ने बाक्य भाइरल भएपछि आजै माफी मागेकी छिन्।
चुनावी दौडमा आफू थाकेको र सभापति रवि लामिछाने पनि आउने कार्यक्रम रहेको अवस्थामा आफूले शब्द ठम्याउन नसकी ‘भ्रष्टाचार अन्त्य गर्न’ भन्नुपर्नेमा उक्त शब्द छुटेको भन्दै माफी मागेकी हुन्।
उनले सामाजिक सञ्जालमार्फत अब गल्ती नगर्ने प्रतिबद्धता पनि जनाएकी छिन्।









