गृहपृष्ठ Featured सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

१५ फागुन, काठमाडौं ।

शुक्रबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

सुनको भाउ घट्दा पनि आज चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ ।

सम्बन्धित् समाचार