एजेन्सी
बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । बीबीसीकाअनुसार बोलिभियाको दोस्रो ठूलो शहर एल अल्टोमा सैन्य कार्गो विमान दुर्घटना भएको हो ।
अग्नि नियन्त्रण अधिकारीका अनुसार विमान सान्ता क्रुज शहरबाट एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेक्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।
अहिले विमानस्थल बन्द गरिएको छ र दुर्घटनाको अनुसन्धान थालिएको छ । धावनमार्गबाट चिप्लिएको सैन्य कार्गो विमान नजिकैको मोटरवे अर्थात् सडकमा रहेका गाडीसँग ठोक्किएको थियो ।








