गृहपृष्ठ Featured बुटवलमा १ हजार ३१ जनाले पार्टी प्रवेश गरेको कांग्रेसको दाबी

बुटवलमा १ हजार ३१ जनाले पार्टी प्रवेश गरेको कांग्रेसको दाबी

रुपन्देही । नेपाली कांग्रेसले विभिन्न पार्टी परित्याग गरेर बुटवलमा १ हजार ३१ जना नेपाली काँग्रेसमा प्रवेश गरेको घोषणा गरेको छ ।

शुक्रबार बुटवलमा आयोजित नेपाली काँग्रेसको चुनावी सभामा पूर्वप्रहरी संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेकपाका प्रदेश सल्लाहकार हरिहर भट्टराई, पूर्व डिएसपी सुवास गैरे, राप्रपाका पूर्व केन्द्रीय सदस्य विष्णुबहादुर कार्की, रास्वपाका गोपाल थापा, एमालेकी कल्पना नेपाल, तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि बुटवल उपमहानगरपालिका वडा नं. ४ की वडा सदस्य पुनम थापा क्षेत्रीसहित विभिन्न पार्टी परित्याग गरेर र केही स्वतन्त्र रुपमा रहेका समेत गरी १ हजार ३१ जना प्रवेश गरेको नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति प्रजापाल गिरीले जानकारी दिए ।

उनीहरुलाई नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसाल, नेता बालकृष्ण खाण, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, रुपन्देही २ का काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल लगायतले पार्टी प्रवेश गराएका थिए

सम्बन्धित् समाचार