अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सबैभन्दा ठुलो आक्रमण बाँकी नै रहेको बताएका छन्।
सीएनएनसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले अझै पूर्ण स्तरको आक्रमण सुरु गरिनसकेको बताएका हुन्।
उनले भनेका छन्, ‘आगामी दिनमा कारबाही अरू तीव्र हुन सक्छ।’
ट्रम्पले अगाडि भनेका छन्, ‘अमेरिकासँग विश्वको सबैभन्दा ठुलो सेना छ र यो प्रयोग गरिँदै छ।’
साथै उनले आफ्नो लामो समयदेखिको सहयोगी बेलायतसँग असन्तुष्टि पनि व्यक्त गरेका छन्।
बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले हिन्द महासागरमा अवस्थित अमेरिकी सैन्य अड्डा डिएगो गार्सिया हस्तान्तरण गर्न ढिलाइ गरेको उनले बताए।
अमेरिका त्यही अड्डाबाट इरानविरुद्ध आक्रमण सुरु गर्न चाहन्थ्यो। तर बेलायतले ४८ घण्टापछि मात्र अनुमति दिएको थियो।
जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका यूएईलगायत खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ।







