गृहपृष्ठ Featured आज एकैदिन ११ हजारले घट्यो सुनको मूल्य

आज एकैदिन ११ हजारले घट्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य एकैदिन ११ हजारले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको हो।

सुनको भाउ अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि तोलामा २७५ रुपैयाँ घटेर ५ हजार ५४० रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो।

सम्बन्धित् समाचार