गृहपृष्ठ Featured २४ घण्टाभित्र मतगणना सक्ने तयारीमा छौँ: निर्वाचन आयोग

२४ घण्टाभित्र मतगणना सक्ने तयारीमा छौँ: निर्वाचन आयोग

मत गन्न सुरु भएको २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।

बुधबार निर्वाचनको तयारीबारे जानकारी दिन निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले जति सक्दो छिटो मतगणना सक्ने तयारी गरिएको बताए। ‘प्रत्यक्षतर्फ मत गणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम प्रकाशित गरिसक्नेछौँ,’ भण्डारीले भने।

उनले प्रत्यक्षतर्फको सँगसँगै समानुपातिकतर्फको मतमणना पनि गर्ने तयारी भइरहेको उनले जानकारी दिए। समानुपातिक तर्फको मतपरिणाम पनि विगतभन्दा ठूलो हुने उनको भनाइ छ

सम्बन्धित् समाचार