काठमाडौँ — रुसले इरानसँग अमेरिकी सेना, जहाज र विमानबारे आवश्यक गोप्य जानकारी साटासाट गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मस्कोले आफ्ना अत्याधुनिक ओभरहेड स्याटेलाइट तस्विरमार्फत प्राप्त हुने अधिकांश जानकारी इरानलाई साझा गरेको छ ।
रुसबाट गोप्य जानकारी हासिल गरेरमात्रै इरानले प्रत्याक्रमण गरेको हुनसक्ने दाबी वासिङटन पोस्टमा प्रकाशित समाचारमा गरिएको थियो । तर, यो स्पष्ट भइसकको छैन । पछिल्ला दिनमा इरानी ड्रोनहरुले त्यही स्थानमा आक्रमण गरेका छन्, जहाँ अमेरिकी सेना तैनाथ छ । आइतबार अमेरिकी सेना बस्ने कुवेतस्थित अखडामा इरानले आक्रमण गर्दा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
गुप्तचर विभागका एक सदस्यले भनेका छन्, ‘रुसले अझै इरानलाई धेरै माया गर्छ भन्ने यसले देखाउ‘छ ।’
अमेरिकी गुप्तचरले इरानलाई चीनले थप आर्थिक सहयोग तथा मिसाइलको कम्पोनेन्ट प्रदान गर्ने तयारी गरेको पनि जनाएको छ । सीएनएनसँग तीनजना सम्बन्धित स्रोतले यस विषय बताएका हुन् । यद्यपी, अहिलेसम्म चीन युद्धमा संलग्न छैन ।







