गृहपृष्ठ Featured कपिलवस्तु-१ : रास्वपाका आचार्य विजयी हुँदा कांग्रेस–एमालेभन्दा स्वतन्त्रका शर्माले पाए बढी मत

कपिलवस्तु-१ : रास्वपाका आचार्य विजयी हुँदा कांग्रेस–एमालेभन्दा स्वतन्त्रका शर्माले पाए बढी मत

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहनलाल आचार्य ३४ हजार १४८ मतसहित विजयी भएका छन्। उनले स्पष्ट मतान्तरसहित जीत हासिल गरेका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८६० मत प्राप्त गरेका छन्।

शर्माले प्राप्त गरेको मत नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको भन्दा पनि बढी रहेको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले १४ हजार ५८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार विश्रामप्रसाद चौधरीले ७ हजार ९८१ मत पाएका छन्।

निर्वाचन परिणामपछि स्वतन्त्र उम्मेदवार आशिष शर्माले आफूले पाएको मतलाई जनताको विश्वास र परिवर्तनको चाहनाको संकेतका रूपमा लिएको बताएका छन्। उनले परम्परागत दलका उम्मेदवारभन्दा बढी मत पाउनु जनताले नयाँ विकल्प खोजिरहेको प्रमाण भएको उल्लेख गर्दै आफूलाई साथ दिने मतदाता, समर्थक र सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्।

शर्माले आगामी दिनमा पनि कपिलवस्तु–१ का जनताको हित र विकासका मुद्दामा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित् समाचार