गृहपृष्ठ Featured गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

गुल्मी — गुल्मीमा टिपरको ठक्करबाट घाइते ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास-रिडी खण्डको रेसुंगा नगरपालिका-१३ मा तम्घासबाट चारपालातर्फ जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्ट्रक्सनको टिपरको ठक्करबाट पैदलयात्री रेसुंगा नगरपालिका-१३ की ९२ वर्षीया धनी बुढाथोकी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

चालक र टिपर प्रहरीको नियन्त्रणमा छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित् समाचार